मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'प्रेमगीत २’ टाइटल गीतमा श्रेया र रोहित

फिल्मीखबर, काठमाडौं, 2017/01/13
रक गायक रोहितजोन क्षेत्री र श्रेया सोताङले ‘प्रेमगीत २’ को शीर्ष गीत गायनमा टीमअप गरेका छन् । यी दुईले विहिबार जमलस्थित डोरेमी स्टुडियोमा गीत रेकर्ड गरे । 
 
 
यसअघि संगीतकार अर्जुन पोखरेलले हात झिकेसँगै पहिले रेकर्ड गरेको टाईटल गीत समेत प्रेमगीत टिमबाट फुत्केको थियो । त्यसपश्चात नयाँ शब्द अनि संगीतमा पुनः गीत रेकर्ड गरिएको हो । कल्याण सिंहको संगीतमा बुनिएको नयाँ गीतमा मेल र फिमेल भर्सन रेकर्ड भएका हुन् । टाइटल गीत अमृत मरहठ्ठाले लेखेका छन् ।
 
 
१९७४ एडी ब्यान्डका यी भोकलिस्ट यही गीतमार्फत पाश्र्व गायनमा डेब्यु गर्दैछन् । ‘हिट फिल्मको टाइटल गीतमार्फत डेब्यु गर्न पाउँदा उत्साहित छु’ उनले मिडियासँग खुशि बाँडे । 
 
संगीतकार सिंहले थाइल्यान्ड थीममा गीत कम्पोज गरिएको बताए । अन्तरदेशिय प्रेमकथा बुनिएकाले गीत पनि प्रभावशाली हुने आशा उनले लिए । यसपटक प्रेमगीत २ नेपाल छिचोलेर थाइल्यान्ड र म्यानमार पुग्दैछ । त्यो महसुस शीर्ष गीतमा हुन्छ । 
 
‘संगीत रेकर्डको काम सकियो र हामी अब बाँकी छायांकनमा फोकस हुन्छौं’ निर्माता सन्तोष सेनले भने, अब रारा तालतर्फ प्रस्थान गर्छौं ।’ काठमाडौं, पोखरा, लुम्बिनी र सुर्खेत छायांकन सकिएको छ । 
 
रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । यो प्रेमकथा र सांगीतिक फिल्मलाई आशुषेन प्रोडक्सनले निर्माण गरेको हो । ओम गुरुङ सहनिर्माता हुन् ।