मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

'छक्का पञ्जा' पाइरेसीमा संलग्न युवाले गरे आत्महत्या

फिल्मीखबर, काठमाडौं, 2017/01/13
'छक्का पञ्जा' पाइरेसीमा संलग्न एक युवाले आत्महत्या गरेका छन् । नवलपरासी कावासोती घर भएका कृष्ण सुवेदी नामका युवाले कानुनी कारबाहिको डरमा हतोत्साहित हुँदै आत्महत्या गरेको बताईएको छ ।
 
आत्महत्या गर्ने निजले गुगल ड्राइभको सहारामा नेपालदेखि अष्ट्रेलिया फिल्म पठाएका थिए । निर्माता तथा अभिनेता दिपकराज गिरी निकट श्रोतले भनेको छ । दिपकसँगै निर्देशक दिपाश्री निरौंला भने यतिबेला यूरोपमा छन् ।
 
'छक्का पञ्जा' पाइरेसी पछि फेसबुकमा स्टाटस लेख्दै निर्माता गिरीले यसमा संलग्न केहि व्याक्तिहरु प्रहरीको फन्दामा समेत पुगिसकेको लेखेका थिए । पहिलो पटक फिल्म पाइरेसी गरेका सुवेदी सहित चार जनालाई प्रहरीले यो बारेमा मिडियामा समाचार बाहिरिनु पहिले नै पक्राउ गरी हनुमान ढोका पुर्याएको थियो ।
 
तत्पश्चातः निर्माण टिमको आग्रहमा प्रहरीले तारेखमा छाडेको थियो । त्यसपश्चात उनले मानसिक तनाब खेप्न नसकी आत्महत्या गरेको अनुमान लगाईएको छ । गौशाला नजिकैआफ्नै कोठामा उनि मृत भेटिएको पारिवारिक श्रोतले बताएको छ । मृत शरिरलाई अहिले पोष्ट मार्टमको लागी टिचिङ अस्पताल महाराजगञ्जमा लगिएको छ। 
 
पाईरेसी पश्चात डिजिटल अधिकार प्राप्त कम्पनि हाईलाईट्स नेपालले फिल्म आधिकारिक रुपमा ईन्टरनेटमा रिलिज समेत गरिसकेको छ ।