Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

पाइरेसीपछि 'छक्का पञ्जा' युट्युवमा रिलिज (पुरा फिल्म सहित)

फिल्मीखबर, काठमाडौं, 2017/01/13
बर्ष २०७३ को सर्वाधिक सफल फिल्म 'छक्का पञ्जा' आधिकारिक रुपमै युट्युवमा आएको छ । डिजिटल अधिकार प्राप्त कम्पनि 'हाईलाईट्स नेपाल'ले फिल्मको औपचारिक ईन्टरनेट रिलिज गरेको हो । 
 
 
रिलिजको केहि घण्टामै फिल्मलाई ५० हजार बराबरले हेरिसकेका छन् । नेपाली हलमा सर्वाधिक विजनेस गर्न सफल फिल्म देश तथा विदेशमा अन्य धेरै दर्शकको प्रतिच्छित फिल्म थियो ।
 
दिपाश्री निरौंला निर्देशित फिल्म पाइरेसीका खबर बाहिरिएसँगै बिहिबार सामाजिक सञ्जालहरुमा यो फिल्म भाईरल बन्यो । फेसबुकमा अपलोड भएको फिल्मलाई हजारौंले हेरे अनि सेयर डाउनलोड गरेपछि डिजिटल अधिकार प्राप्त हाईलाईट्स ले विजनेसमा परेको असरलाई मध्यनजर तुरुन्त युट्यवमा अपलोड गरेको हो । 
 
फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, शिवहरी पौड्याल, जितु नेपाल, बर्षा राउत, नम्रता सापकोटा लगायत लिड अभिनयमा छन् ।
Most Visited News (monthly)