Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा तीन फिल्म, निखिल, केकी अनि सौगात दर्शकले को रोज्ने ?

फिल्मीखबर, काठमाडौं, 2017/01/12
यो हप्ताको लागी बिहिबारबाटै तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबार रिलिजको लागी चलचित्र निर्माता संघको प्रावधान विपरित प्रदर्शनको होडबाजी सहित तीन फिल्म बिहिबार नै पर्दामा आए । 
 
 
तीन फिल्म हुन, 'किङ', 'शब्द' र 'लभ साशा' । निखिल उप्रेती स्टारर 'किङ'लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी फिल्ममा लिड कलाकार हुन् । एक्शन र प्रेम बोल्ने फिल्मले सिंगल स्कृनमा दर्शकको साथ बढि पाउने अपेक्षा छ । 
 
यस्तै सौगात मल्ल र कमली वाईवा, अनुभव रेग्मी स्टारर 'शब्द'लाई सन्तोष शिवाकोटीले निर्देशन गरेका हुन् । फिल्म नेपाली मौलिक कथामा आधारित छ । यो फिल्म  बिहिबारबाट मल्टिप्लेक्स तथा शुक्रबारबाट सिगल स्कृनमा लाग्दैछ । यस्तै मल्टिप्लेक्स लक्षित भनिएको 'लभ साशा'मा केकी अधिकारी र कर्मा शाक्य लिड अभिनयमा छन् ।
 
प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मले प्रेमकथा बोल्छ । माधव वाग्ले यसका निर्माता छन् ।
Most Visited News (monthly)