मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लश साशा' रेड कार्पेट प्रिमियर, सेलिब्रेटीबाट प्रतिक्रिया मिल्यो यस्तो

बैकुण्ठराज पराजुली, काठमाडौं, 2017/01/11
 
भोली अर्थात बिहिबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लभ साशा'को राजधानीमा रेड कार्पेट प्रिमियर गरिएको छ । मंगलबार साँझ कुमारी हलमा आयोजित प्रिमियरमा सेलिब्रेटी, सञ्चारकर्मी, तथा अन्य विभिन्न क्षेत्रका व्याक्तित्वहरु उपस्थित रहे । फिल्म हेरे । 
 
 
पौष महिनाको चिसो मौसममा हट अबतारमा प्रस्तुत भएका अभिनेत्रीहरु खास आकर्षण रहेको प्रिमियरमा फिल्म हेरिसकेपछि धेरैले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । 'पशुपतिप्रसाद' निर्देशक दिपेन्द्र के खनालले 'लभ साशा'ले मन छोएको भन्दै क्वालिटीको फिल्म बोले । त्यस्तै अभिनेता विनय श्रेष्ठले निर्देशक प्रचण्डमान श्रेष्ठको फ्यान भन्दै राम्रो अनि रमाईलो लागेको बोले । 
 
 
उता अर्का निर्देशक निश्चल वस्नेतको तर्क भने 'लभ साशा' सिम्पल, निर्देशकिय स्टाईलको फिल्म भने । कमर्सियल मसलेदार खोज्ने दर्शकलाई पनि सबै खुराक यो फिल्मले दिने उनको तर्क थियो ।
 
 
'जात्रा' निर्देशक प्रदिप भट्टराईसँगै स्कृप्ट राईटर प्रदिप भारद्वाजले 'लभ साशा' हेर्दा एउटा उत्कृष्ट अनि सुन्दर उपन्यास पढेको अनुभुती भएको भन्दै यो प्रकारको फिल्म पहिले नै बन्नुपर्थ्यो प्रकारको तर्क राखे । 
 
 
अभिनेत्री द्वय प्रियंका कार्की र नीशा अधिकारीले स्कृनप्ले तथा कथा उत्कृष्ट भन्दै केकी र कर्माको प्रस्तुतीको तारिफ गरे । माया गर्नेहरुको लागी, अनि कुनै न कुनै समय प्रेममा परेका सबैलाई फिल्म हेर्न आग्रह समेत दुबैको छ ।
 
 
माधवा वाग्ले निर्देशित फिल्मले प्रेम कथा बोल्छ । केकी अधिकारी र कर्मा शाक्य लिड अभिनयमा रहेको फिल्ममा सिद्धार्थ अबतारमा गायक समेत रहेका आसिफ शाह समेत अभिनयमा छन् । फिल्म भोलीबाट मुख्यतः देशभरका मल्टिप्लेक्स मार्फत रिलिज हुँदैछ ।