मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'शब्द' पनि पौष २८ मा लाग्ने, मल्टिप्लेक्समा बुकिङ खुला

फिल्मीखबर, काठमाडौं, 2017/01/10
पौष २९ मा सार्वजनिक प्रदर्शनको मिति तय गरेको फिल्म 'शब्द' अब एक दिन पहिले नै रिलिज हुने भएको छ । निर्देशक सन्तोष शिवाकोटीले काठमाडौंका मल्टिप्लेक्समा फिल्म बिहिबार नै प्रदर्शन हुने फिल्मीखबरलाई बताए । 
 
 
प्रतिस्पर्धी अन्य दुई फिल्म 'किङ' र ,'लभ साशा' बिहिबार नै प्रदर्शन हुने भएपछि अन्ततः मल्टिप्लेक्समा 'शब्द' पनि तोकिएको मिति भन्दा अघिल्लो दिन नै प्रदर्शनमा आउने पक्का भएको हो । सिंगल स्कृनमा भने यो फिल्म शुक्रबार मात्र आउने छ ।
 
नेपालसँगै अष्ट्रेलियामा पनि शुक्रबार नै प्रदर्शन हुने फिल्मको शो मा सहभागी हुन बुधबार अभिनेता सौगात मल्ल र अभिनेत्री कमली वाईवा अष्ट्रेलिया उड्दैछन् । ए गुरुङ, रोएदिप श्रेष्ठ अनि ओशिन भट्टराई पनि फिल्मका लिड कलाकार हुन् ।
 
मल्टिप्लेक्समा फिल्मको बुकिङ खुला भईसकेको छ । क्यूएफएक्समा 'शब्द'ले तीन शो पाएको छ भने 'किङ'ले जम्मा १ शो पाएको छ । कुमारी हलमा मात्र 'किङ' प्रदर्शन हुनेछ, शब्दले कुमारीमा दुइ र सिभिल मलमा एक शो पाएको छ । 
 
उता अर्को फिल्म (पुर्णतः मल्टिप्लेक्स) मानिएको 'लभ साशा'ले भने क्यूएफएक्समा आठ शो पाएको छ । फिल्म कुमारी, शिभिल र लविङ मल तीन ठाउँमै प्रदर्शनमा आउनेछ । 'किङ' र 'लभ साशा' को पनि अग्रिम बुकिङ खुला भइसकेको छ ।