प्रजातत्त्र दिवसको अवसर पारेर आउँदो फागुन ६ गते रिलिज गर्न लागिएको फिल्म 'मेरो देश'को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा लड अभिनेत्री निशा अधिकारी र अभिनेता प्रज्वल गिरी फिचरिङमा छन् ।
गीतले काठमाडौंबाट तराई झरेकी युवतीको कथा बोल्छ । सार्वजनिक गीतमा मधेश र पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाएका युवा युवतीको कथा झल्काईएको छ । गीतमा वी वी अनुरागीको संगीत अप्सरा देवकोटा र रुपक चौधरीले स्वर दिएका छन् ।
रबिन्द्र बरालको कोरीयोग्राफी रहेको यो गीतलाई किरणराज थापाले सम्पादन गरेका हुन् ।फिल्मका निर्देशक देव नेपाल हुन् । 'मेरो देश'मा आयुष रिजाल, एलिजा प्रधान, ध्रुब कोईराला, निर शाह लगाएतका कलाकारहरु समेत लिड अभिनयमा छन् ।