मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'दंगल'ले उछिन्यो पिकेको कलेक्सन, सर्वाधिक कमाउनेमा नयाँ रेकर्ड

एजेन्सी, मुम्बई, 2017/01/09
आमिर खान स्टारर फिल्म 'दंगल'ले वलिउडमा हालसम्मकै सर्वाधिक विजनेस गर्ने फिल्मको किर्तिमान कायम गरेको छ । यसअघि आमिरकै फिल्म 'पिके' वलिउडमा ३ सय ३९ करोडको विजनेस सहित अग्र पङ्तीमा थियो । 
 
 
अब पहिलो नम्बरमा अलटाईम हिट 'दंगल' भएको छ । 'दंगल'ले अहिलेसम्म ३ सय ४४ करोड बढिको विजनेस गरिसकेको छ । वलिउड अनलाईन कोईमोई डटकमका अनुसार फिल्मले प्रदर्शनको १७ औं दिनमा पिकेको रेकर्ड तोडेको हो ।
 
स्पोर्ट्स ड्रामाले वर्डवाईड विजनेसमा पनि उत्तिकै कमाल देखाएको छ । भारतमा मात्र होईन विदेशमा विभिन्न शहरमा पनि यसले नयाँ भन्दा नयाँ रेकर्डहरु कायम गरेको छ । फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन् ।