अधिकांश छायाँकन युरोपमा गरिएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म 'लप्पन छप्पन' रिलिज तय भएको छ । निर्माण टिमले आउँदो चैत्र ११ लाई सार्वजनिक प्रदर्शन मिति तय गर्दै माघ १ गते ट्रेलर सार्वजनिक गर्ने घोषणा गरेको हो ।
यो फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । फिल्ममा बर्षा शिवाकोटी, अर्पण थापा अनि वेल्जियम बस्दै आएका अभिनेता श्याम श्रेष्ठ लिड अभिनयमा छन् । फिल्ममा हलिउड अभिनेता ओलिभर ब्लुर्कको पनि अभिनय छ । यसअघि फिल्म माघमा रिलिज हुने चर्चा थियो ।
उता जीवन लुईंटेल र नीता ढुङ्गाना स्टारर फिल्म 'लेकसाईड' को पनि प्रदर्शन मिति तय भएको छ । निर्देशक राजु अधिकारीले फिल्म माघको २८ मा रिलिज हुने बताए । फिल्मको टाईटल गीत यसअघि नै रिलिज गरिएको छ । उक्त मितिमा निखिल उप्रेती स्टारर 'निर्भय आउने चर्चाका बीच उक्त फिल्मको भने तत्काललाई रिलिज पोस्टपोण्ड भएको छ ।