मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिभीमा दिनदिनै पर्दामा ९ महिना !

फिल्मीखबर, काठमाडौं, 2017/01/08
पछिल्ला केहि बर्षयता नेपालका सानोपर्दा अनि ठुलोपर्दाकी चल्तीफुर्तीका अभिनेत्री अनि मोडलमा पर्छिन केकी अधिकारी । म्युजिक भिडियोमा अनि फिल्ममा उत्तिकै व्यस्त छिन् केकी । उनलाइ अभिनयमा लिनलाई निर्माताहरु 'क्यू'मा बस्नुपर्ने अवस्था छ, म्युजिक भिडियो पनि फ्याट्टफुट्ट समय निकालेर केकीले मोडलिङ गरेकै हुन्छिन् । 
 
तर यीनै व्यस्त केकीको फिल्म भने पछिल्लो नौ महिनाको अन्तरमा बल्ल रिलिज हुँदैछ । पछिल्लो पटक गत बैशाखमा 'हाउ फन्नी' रिलिजपछि केकीको यो बर्षको लगी दोश्रो फिल्म 'लभ साशा' यहि पौष २८ मा रिलिज हुँदैछ । संयोग के छ भने, पर्दामा ९ महिनाको अन्तरमा आउँदै गरेकी केकी टिभीमा अनि युट्युवमा भने कहिले हप्तै पिच्छे त कहिले दिनहुँजस्तो नयाँ प्रस्तुतीमा साथ छुट्टाछुट्टै म्यूजिक भिडियो मार्फत आउँछिन् । 
 
केहि दिन पहिले आयोजित एक कार्यक्रममा केकीले नौ महिनाको अन्तरमा फिल्म आउँदैछ, मुटु ढुकढुक भईराछ समेत बोलिन्, तर लगातार जस्तो फरक अबतार, फरक लुक्स अनि फरक 'एक्सप्रेसन'का साथ म्युजिक भिडियोमा आउँदै गर्दा यसको प्रभाव फिल्म रिलिजको लामो अन्तरमा पर्छ कि पर्दैन् भन्ने तर्फ केकीले सोचिन् या सोचिनन् त्यो तर्कपुर्ण कुरा छ ।
 
त्यसो त पछिल्लो पुस्ताका अभिनेत्रीमा केकी 'एक्सप्रेसन क्विन' मानिन्छिन्। उनको कामको हरेकजसो फिल्ममा प्रशंसा हुन्छ, अवार्ड पनि जित्छिन् । त्यसैले केकीले फिल्मको अन्तरको कुरा गर्दा म्युजिक भिडियोको अन्तरतर्फ पनि सोचिन् भने त्यसले खास अर्थ राख्नसक्छ ।