मिति : २०७४ मंसिर ९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्राविधिक त्रुटीपछि 'दर्पण छायाँ २' रि-सुट

फिल्मीखबर, काठमाडौं, 2017/01/08
प्राविधिक कमजोरी अनि चित्तबुझ्दो काम नभएको भन्दै निर्देसक तुलसी घिमिरेले फिल्म 'दर्पण छायाँ २' को क्लाइमेक्स रि-सुट गरेका छन् । दार्जिलिङमा केहि दिन पहिले फिल्मको क्लाईमेक्स पुनः छायाँकन गरिएको हो । 
 
 
'भीएफएक्स' प्रविधिको सहायतामा क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक तुलसी घिमिरे योजना प्राविधिकका कारण असफल भएपछि फेरि सुटिङ गर्नुपरेको बताईएको छ । झण्डै १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जिलिङको जीटीए सभा हलमा गरिएको हो । 
 
 
क्लाइमेक्सलाई स्तरीय र वास्तविक देखाउने प्रयास गरिएको घिमिरेले बताए । फिल्मको क्लाइमेक्समा रहेको नृत्यको कोरियोग्राफी मिङ्मा दोर्जी लेप्चाले गरेका छन् । उनी भारतीय टेलिभिजन स्टार प्लसले गर्ने ‘डान्स प्लस’ सिजन २ का फाइनलिस्ट हुन् । मुम्बईमा रहेर उनले कोरियोग्राफी अघि बढाइरहेका छन् । 
 
 
सुटिङका क्रममा भेटिएका लेप्चाले नेपाली फिल्मका नृत्यको कोरियोग्राफी गर्न पाउँदा खुशी लागेको बताए । फिल्मको मुख्य भूमिकामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन् । 
 
सहारा फिल्मस्को पहिलो प्रस्तुति रहेको फिल्मको प्रस्तोता डा लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् । फिल्मको छायांकन रामेश्वर कार्कीले गरेका हुन् ।