मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

नम्रता र कोशिशको 'पर्व' फिल्मांकन सुरु, हट मालासँग नाच्दैछन् निश्चल

फिल्मीखबर, काठमाडौं, 2017/01/06
नम्रता श्रेष्ठ र कोसिश क्षेत्री लिड अभिनयमा रहने फिल्म 'पर्व'को छायाँकन सुरु भएको छ । ललितपुरको च्यासल खेल मैदान बाट फिल्मको गीत छायाँकन सुरु गर्दै शुक्रबार पहिलो टेक लिईयो । 
 
 
शुभ–मुहुर्तमा निर्देशक, निर्माता र कलाकारले पूजा गरेका थिए । यसपछि कोशिशले मुहुर्त सर्ट दिएका थिए । ‘आई एम सरी, नोभेम्बर रेन र क्लासिक’ पछि निर्देशक राउतले फरक कथामा फिल्म बनाउन लागेको बताएका छन् । फिल्मको प्रदर्शन मिति चैत्र २५ लाई तोकिएको छ ।
 
 
शुक्रबार र शनिबार उक्त ठाउँमा ‘काले काले’ बोलको गीतको छायांकन हुनेछ । गीतको लागी ठुलो खर्च सहित भव्य सेट तयार गरिएको छ । जुन गीतमा माला लिम्बु र लुट निर्देशक निश्चल बस्नेतले नृत्य गर्नेछन् ।
 
३५ दिनको सेड्यूलमा तयार हुने यो सस्पेन्स थ्रीलर कथालाई दिनेश राउतले निर्देशन गर्दैछन् । काठमाण्डौका विभिन्न स्थानमा 'पर्व'को फिल्मांकन हुनेछ । अधिकांश दृश्य इनडोर रहेको निर्देशक राउतले बताए ।
 
टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा बन्दै गरेको फिल्मले एउटा पर्वमा घटेको घटनापछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने विभिन्न खालका क्रियाकलापको वरीपरीको कथा बोल्नेछ ।