बिहिबार ५ बजेपछि युट्युवमा आएको 'लुट २' को ट्रेलरले युट्युवमा किर्तिमानी भ्यूअर्स पाएको छ । रिलिजको २३ घण्टा पुग्दा यो समाचार तयार पार्दासम्म ट्रेलरलाई ३ लाख १० हजार बढिले हेरेका छन् ।
उल्लेखित रेकर्ड नेपाली फिल्मको कुनै पनि प्रचार सामग्रीको भन्दा दोब्बर, तेब्बर उच्च हो । यसअघि 'ड्रिम्स' फिल्मको ट्रेलर २४ घण्टामा १ लाख बढि पटक हेरिएको थियो भने 'छक्का पञ्जा'को ट्रेलर पनि १५ घण्टामै १ लाख बढि पटक हेरिएको थियो । यसअर्थमा पनि 'लुट २' को किर्तिमान सर्वाधिक छ ।
बर्ष २०७३ को सर्वाधिक प्रतिच्छित बनेको ट्रेलरप्रति सयौं कमेन्ट सकारात्मक आएका छन् । ट्रेलरलाई युट्युवमा ९ हजार बढिले लाइक गरेका छन् । सामाजिक सञ्जालमा यो ट्रेलरसँग जोडिएर बाहिरिएका संवाद र दृश्यको ट्रोल तथा जोक बन्न सुरु भएको छ । जसको प्रत्यक्ष प्रभाव फिल्मको प्रचारमा पर्नेछ ।
निश्चल बस्नेत निर्देसित फिल्मले अहिलेसम्मकै सर्वाधिक ओपनिङ कलेक्सनमा रेकर्ड राख्ने अनुमान फिल्म पण्डितहरुको छ । फिल्मको यसअघि रिलिज आइटम गीत पनि करिब ६० लाख पटक हेरिएको छ । 'लुट २' फागुन १३ मा रिलिज हुनेछ ।