मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(43 votes, avg 1.00/5.00)
Text size:-
+
-

यसकारण चल्नैपर्छ निखिलको 'किङ', नचल्दा हुनसक्छ यस्तो घाटा

फिल्मीखबर, काठमाडौं, 2017/01/06
गत बर्षको तिहारको छेकोमा रिलिज फिल्म 'लुटेरा' पछि पहिलो पटक यहि पौष २८ मा रिलिज हुने फिल्म 'किङ' मार्फत एक्सन स्टार निखिल उप्रेती पर्दामा आउँदैछन् । पाँच बर्षको अन्तरपछि 'भैरव'बाट पुनरागमन गरेका निखिलको गत बर्ष 'लुटेरा' आएपछि लामो समय फिल्म रिलिज भएनन् । 
 
तर 'किङ' रिलिजपछि लगातार अन्य चार फिल्म रिलिज पाइपलाइनमा छन् । यस लगत्तै 'निर्भय' रिलिजको तयारीमा छ त्यसपछि 'संरक्षण' आउनसक्छ, नयाँ बर्षमा 'राधे' रिलिजको तय भईसक्दा 'रुद्र' पनि रिलिजलाई तयार हुनेछ । 
 
'किङ' चल्दा नचल्दा निखिल करियरमा नाफाघाटा के ?
 
लामो समयपछि पर्दामा आउँदै गरेका निखिल करियरलाई थप बलियो बनाउन 'किङ' चल्नुपर्ने हुन्छ । सिंगल स्कृनमा स्टार क्रेज जिवित छ, निखिल पर्खिने धेरै दर्शक छन्, यो कुरा सामाजिक सञ्जालमा पोस्टिने उक्त फिल्म अनि निखिलसँग सम्बन्धित समाचारहरुमा शुभचिन्तक तथा फ्यानले व्यक्त गर्ने प्रतिक्रियाहरु यस्तै बोल्छन् ।
 
यो फिल्म सफल बन्दा निखिलको स्टारडम अझ बलियो बन्नेछ, क्रेज बढ्नेछ । तर सफलतको पछाडी मुख्य कुरा फिल्म कस्तो बन्यो भन्ने हुनेछ । फिल्म राम्रो बनेर आएन भने दर्शकले ईनिसियल विजनेसमा निखिलको नाममा हलमा साथ दिएपनि त्यसपछिका केहि दिनबाटै जस्तै फ्यानको पनि बाटो मोडिन सक्छ । 
 
'किङ' नचल्दा के हुन्छ ? निखिलले यसअघिका केहि कार्यक्रममा बोल्दै आएका छन्, 'मेरो करियर एउटा फिल्म मात्र होईन, तर कुनै बखत एउटै फिल्म मेरो करियर बन्छ,यो विषयमा राम्रो जानकार छु।'  उनको यो तर्कलाई सिधा बुझ्दा एउटा फिल्म सफल हुनु र असफल हुनुको कुरा होईन, मैले कस्तो काम गरेँ र अब सुधार्नु पर्ने के छ भन्ने ज्ञात असफलताले गराउँछ, त्यसलाई सुधार्न तयार छु । 
 
तर उनको तर्क छाडेर हेर्दा फिल्म चलेन् भने लगत्तै रिलिजको तयारीमा रहेका अन्य फिल्ममा पनि यसको प्रभाव पर्नेछ । निखिलले कस्ता कस्ता फिल्म खेलेको भन्ने प्रतिक्रिया दर्शकले व्यक्त गर्ने पुराना दिन पुनः सुरु हुनसक्छन्, यो भयो भने हलमा जाने भन्दा बढि युट्युवमा उनका फिल्म पर्खिने दर्शक बढ्नसक्छन् ।