मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

लुट निर्देशक निश्चलले दिए सेन्सर वोर्डलाई चुनौती

फिल्मीखबर, काठमाडौं, 2017/01/06
 
नेपालमा फिल्म बनिसकेपछिको सबैभन्दा ठुलो टाउको दुखाई मानिँदै आएको छ, फिल्मको सेन्सर । चलचित्र जाँचपासको निकाय सेन्सर वोर्डले आवश्यक नभएका दृश्य समेत काँटछाँट गर्ने गरेको, सदस्यहरुले मनोमानी ढंगले सेन्सर सर्टिफिकेट दिनेगरेको आरोप समेत फिल्मकर्मीले लगाउँछन् । 
 
यो बीचमा बिहिबार प्रतिच्छित फिल्म 'लुट २' को ट्रेलर सार्वजनिक गर्दै निर्देशक निश्चल बस्नेतले सेन्सर वोर्डलाइ कडा चुनौती दिएका छन् । 'लुट' सेन्सरपछि एडल्ट सर्टिफिकेट पाएको कुरालाई स्मरण गर्दै निश्चलले अब भने दृश्य काँटछाँट अनि संवाद काटेर 'एडल्ट' सर्टिफिकेट लिएर सेन्सरबाट नफर्किने बोलेका छन् । 
 
एडल्ट सर्टिफिकेट दिने भए संवाद अनि दृश्य काँट्न नहुने अनि सबै काट्यो भने 'युनिभर्सल' दिनुपर्ने निश्चलको तर्क थियो । पुराना उदाहरण हेर्ने हो भने सार्वजनिक ट्रेलरमा नै केहि यस्ता शब्द समावेश छन्, जुन दृश्य अनि संवादलाई सेन्सर वोर्डले आँखा चिम्लेर काँटछाँट गर्नसक्छ । 
 
त्यसो त निश्चलले यसअघि नै रिलिजको एक महिना पहिले नै सेन्सरको लागी प्रक्रिया अघि बढाउने र दृश्य अनि संवादमा अनावश्यक काँटछाँट हुने देखिए अदालतको ढोकासम्म पुग्ने बोलिसकेका छन् ।