मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

प्रतिच्छित फिल्म 'लुट २' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/05
बर्ष २०७३ को प्रतिच्छित फिल्म 'लुट २' को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा द्वन्द्व अनि सस्पेन्सलाई प्राथमिकता दिईएको छ । ट्रेलरले दर्शकलाई फिल्मप्रति कौतुहलता समेत सृजना गर्छ ।

 
निश्चल बस्नेत निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल,  ऋचा शर्मा, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे लगायत अभिनयमा छन् । फागुन १३ मा रिलिज हुने फिल्मका निर्माता माधव वाग्ले र नरेन्द्र महर्जन हुन् । 
 
निर्देशक निश्चलले यसअघि नै पहिलो सिक्वेल 'लुट'को विषयवस्तु भन्दा केहि भिन्न कथामा तयार भएको बताईसकेका छन् । 'फिल्मले 'लुट'ले छाडेको कथालाई निरन्तरता दिनेछ सँगसँगै पछिल्लो समय जनताहरु मारमा परेको 'भूकम्प, नाकाबन्दी, अपराधका घटनाहरुलाई पनि फिल्मले पर्दाफास गर्नेछ; निश्चलले सुनाए ।