मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिवंगत कलाकार फुयाँलको आर्यघाटमा अन्तेष्टि, अन्तिम श्रद्धाञ्जलीमा नेतादेखि कलाकर्मीसम्म (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/04

मंगलबार अभिनय गर्दा गर्दै नाटक मञ्चन भएकै ठाउँमा बेहोस भएपछि अस्पताल पुर्याउँदा दिवंगत भएका कलाकार बिष्णुभक्त फुयाँल (ओ माई लभ) को बुधबार पशुपति आर्यघाटमा अन्तिम दाहसस्कार गरिएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा तीन घण्टाबढि समय श्रद्धाञ्जलीको लागी राखिएपछि उनको पार्थिव शरिर अन्तिम दाह संस्कारको लागी आर्यघाट लगिएको थियो । 
 
 
प्रज्ञा भवनमा चर्चित हाँस्य सिरियल 'तितो सत्य'का 'यो माई लभ' फुयाँलको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिन देशका वरिष्ठ नेतागण देखि कलाकर्मी अनि शुभचिन्तकहरुको ठुलो उपस्थिती रह्यो । 
 
 
उनको पार्थिव शरिरमा पुष्प गुच्छा चढाउन तथा श्रद्धाञ्जली व्यक्त गर्न पुर्व प्रधामन्त्री केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सञ्चारमन्त्री राम कार्की,  नागरिक उड्यन तथा संकृती मन्त्री जीवनबहादुर शाही, शहरि विकास मन्त्री अर्जुननर सिंह केसी लगायत पुगेका थिए । 
 
 
यस्तै कलाकारिता क्षेत्रका चर्चित अनुहारहरु स्भुजित बाँस्कोटादेखि दिपकराज गिरी, दिपाश्री निरौला, धुर्मुस सुन्तली लगायत सयौंको संख्यामा कलाकारहरुको उपस्थिती रह्यो । मंगलबार बेलुकी राष्ट्रिय नाचघरमा ‘महर्षी याज्ञ वैल्क्य’ नामक नाटकमा अभिनय गर्दा गर्दै उनको निधन भएको थियो । राजा जनकको भूमिका उनले निर्वाहा गरिरहेका थिए । कलाकार फुयाँलको अन्तिम इच्छा पनि नाटकमा अभिनय गर्दा गर्दै मर्न पाउँ भन्ने थियो ।
 
७९ बर्षका फुयाँल नेपाली नाट्य कर्ममा ५० भन्दा बढी बर्षदेखि सक्रिय थिए । उनले दर्जनौं नाटक, टेलिसिरियल तथा फिल्ममा अभिनय गरिसकेका छन् । उनको परिवारमा तीन छोरा छन् ।