Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लागु औषध मानिने गाँजाको दृश्य झल्काउँदै फिल्मको फर्स्टलुक आउट

फिल्मीखबर, काठमाडौं, 2017/01/04
लागु औषधको रुपमा लिईने गाँजाको प्रयोगलाई नेपालको कानुनले अबैध भन्छ । यसको प्रयोग त अबैध भयो नै, कुनै ब्राण्डको नाममा समेत गाँजा जोड्न नपाइने कानुनले नदिने हवाला मार्केटमा छ । 'गाँजाबाजा' नाम दिएर बनेको फिल्मको नामलाई चलचित्र विकास वोर्डले आधिकारिकता दिएन, उक्त फिल्मको नाम पास नहुँदै गर्दा मुद्धा अझै अदालतमा विचाराधिन छ । 
 
यो बीचमा 'केटिएम ककटेल' नामको एक फिल्मको पोस्टर आउट भएको छ । ड्रग्सको अवैध कारोबारको विषयमाथी बनेको भनिएको फिल्मको पोस्टरमा नै नेपाली कानुनले  अवैध मान्ने 'गाँजा'को पातलाई झल्काईएको छ । समाचार श्रोत सञ्चारकर्मी विष्णु शर्माले सम्प्रेक्षण गरेको समाचारमा समेत सिधा रुपमा 'गाँजा'को पात नै प्रयोग भएको  उल्लेख छ । 
 
प्राप्त फर्स्टलुक पोस्टरमा एक पात्र 'मास्क' र चस्मा लगाएको देखिएका छन्, जहाँ उनले प्रयोग गरेको 'मास्क'मा गाँजाको पात झल्किएको छ ।
 
जुन कुराले चलचित्र क्षेत्रको सर्वोच्च संस्था मानिने विकास वोर्डको ध्यान पुनः एकपटक यो विषयतर्फ केन्द्रित हुन्छ कि हुन्न भन्ने बहस समेत उब्जाएको छ । फिल्मका निर्देशक अनुष्क रौनियार हुन् । विकास लम्साल, संगीत सापकोटा र ए वानराज उप्रेती लिड अभिनयमा रहेको बताईएको छ ।
 
 
Most Visited News (monthly)