मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चल पत्नि स्वस्तिमासँग क्लबमा रोमान्स गर्दा भेटिए प्रेमगीत हिरो प्रदिप

फिल्मीखबर, काठमाडौं, 2017/01/04
सुटिङको क्रममा गाडी दुर्घटनामा निर्माता निर्देशकसहितको टिम परेपछि केहि दिन रोकिएको फिल्म 'प्रेमगीत २' को छायाँकन पुनः सुरु भएको छ । त्रिपुरेश्वरस्थित कर्मा लाउन्जमा क्लब डान्स फिल्मांकन सँगै प्रोजेक्ट पुनः सुरु भएको हो । 
 
 
कर्मामा छायाँकन भईरहेको क्लब गीतमा अभिनेता प्रदिप खड्का निर्देशक निश्चल बस्नेत पत्नि तथा अभिनेत्री स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । चिसिएको काठमाडौंमा हट अबतारमा प्रदिप र स्वस्तिमा भेटिए ।
 
चारदिनसम्म लाउन्जमा चल्ने क्लब डान्स सुटिङमा स्वस्तिमा, प्रदीप र डेब्यू अभिनेत्री अश्लेषा ठकुरी फ्रेमिङ हुनेछन् । सेतो र नीलो रङयुक्त स्कटल्यान्ड झन्डाको विद्युतीय ब्याकड्रप, कस्ट्युम, प्रप्स र डिजाइन गरिएको महंगो सेटमा डान्स सुट गरिँदैछ । ‘स्कटिस थीममा हामीले गीत सुट गर्दैछौं । कथाको माग पनि यही हो’ नृत्य निर्देशक रिनशा राईले भनिन्, ‘वार्डरोव, डान्स र ब्याकड्रप फ्युजनमा मिहेनत गरेका छौं ।’
 
फेसन डिजाइनर युबी थापाले आकर्षक स्कटिस कस्ट्युम डिजाइन गरेका छन् । यो सुट सकिएसँगै निर्माण टिम पोखरा तर्फ लाग्नेछ । फिल्मका निर्देशक रामशरण पाठक हुन् ।