मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`तितो सत्य`का (यो माई लभ) विष्णुभक्त फुयाँलको नाटक गर्दा गर्दै निधन

फिल्मीखबर, काठमाडौं, 2017/01/03
नेपाली रङ्गमञ्च तथा टेलीसिरियलका चर्चित अनि वरिष्ठ कलाकार विष्णुभक्त फुयाँल  (यो माई लभ )को निधन भएको छ । मंगलबार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दागर्दै स्टेजमै ढलेका (बेहोस भएका) उनको विर अस्पतालमा निधन भएको हो । 
 
रंगमञ्चमै ढलेपछि तत्काल वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याईएका फुयाँलको उपचारमा संलग्न चिकित्सकले निधनको पुष्टि गरेका थिए । बद्री अधिकारी निर्देशित ‘महर्षि याज्ञवल्क्य नामको नाटकमा उनी मुख्य पात्र निभाईरहेका थिए ।  अहिले अस्पताल परिसरमा रंगकर्मीको घुईंचो लागेको छ ।
 
फुयाँलको अन्तिम संस्कार भने बुधबार मात्र हुनेछ । अन्तिम श्रद्धाञ्जलीको लागी फुयाँलको पार्थिव शरिर भोली (बुधबार) विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने बताईएको छ । 
 
 
(मंगलबार खिचिएको फुयाँलको अन्तिम तश्विर, जुन तश्विर मञ्चन हुँदाहुँदै उनि बेहोस भएको नाटकको हो)
 
 
केहि महिना पहिले बन्द भएको चर्चित हाँस्य सिरियल 'तितोसत्य'मा फुयाँलले निभाएको 'यो माई लभ' पात्र निकै चर्चामा थियो । उनि पछिल्लो केहि बर्षयता बौद्ध स्थित पानी ट्याङ्की नजिक एक्लै बस्दै आएका थिए । फुयाँल परिवारमा ( निर्मल, कमल र बिमल) तीन छोरा छन् भने उनकी पत्निको यसअघि नै निधन भईसकेको छ । परिवारका सदस्य मध्ये एक छोरा विदेशमा रहेका र अर्का दुई छोरा नेपालमै रहेपनि फुयाँल भने एक्लै बस्दै आएका थिए । 
 
फिल्मीखबर परिवारको तर्फबाट फुयाँलप्रति हार्दिक श्रद्धासुमन !