Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रचारमा नदेखिएकी खुश्वुलाई 'भ्रम'ले उकास्ला ?

फिल्मीखबर, काठमाडौं, 2017/01/03
अनलक्की अभिनेत्रीको ट्याग पाएकी कलाकार हुन् खुश्वु खड्का । आधा दर्जन बढि  फिल्म गरिसकेकी खुश्वु फिल्म रिलिजको समयमा समेत चर्चा बाहिर छिन् । पछिल्लो फिल्म 'भ्रम' रिलिजको छेकोमा समेत उनि प्रचारमा छैनन्, अन्य दुई लिड कलाकार कर्मा शाक्य र भिन्तुना जोशी मिडियामा छन्, प्रचारमा छन्, तर खुश्वु भने बाहिर बाहिर छिन् ।
 
 
त्यसो त निर्माण टिमले समेत खुश्वुलाई आफुहरुले खोजेको भएपनि उनि आफ्नै कारण बाहिर भएको बताएको छ । उता खुश्वुको पहिलो फिल्म 'सुकुलगुण्डा' समेत अहिलेसम्म रिलिज हुन सकेको छैन् । अन्य फिल्म रिलिज हुँदा पनि खासै हाइप बनेन्, धेरै दर्शकले उनलाई नजिकबाट चिन्न पाएका छैनन् । दुई बर्ष पहिले बनेको 'गोरे' पनि कहाँ छ पत्तो  छैन् ।
 
पछिल्लो पटक 'उहिलेका बाजेका पालामा' फिल्मबाट दर्शकमाझ आएकी खुश्वुले यो बीचमा पनि पुराना स्टार सरोज खनाल स्टारर 'दिपज्योती' नामको फिल्म समेत गरिसकेकी छिन् । समय समयमा मिडियामा समाचारमा आउनु बाहेकको उनको पुर्णतः अभिनयको स्वाद दर्शकले चाख्न नपाउँदै गर्दा खुश्वुलाई आउँदो शुक्रबार (पौष २२) मा रिलिज हुने 'भ्रम'ले माथी उकास्ला त  ? प्रश्नयोग्य विषय छ ।
 
तर उनि आफै प्रचारमा नदेखिनु, मिडियाकर्मीको सम्पर्कमा समेत नआउनुको घाटा स्वयंमले भोग्नुपर्ने दिन समेत आउनसक्छ । त्यसैले 'भ्रम'को भुमरीमा परेर पुनः फिल्म रिलिजपछि पनि दर्शकले ए खुश्वु पनि थिईन ? भन्ने भ्रमात्मक जिज्ञाशा राख्ने दिन आयो भने जिम्मा आफैले लिनुपर्ला नी अभिनेत्री ज्यू !
तश्विरः अनलाईनखबर


Most Visited News (monthly)