मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

किन गएनन् राजकुमार दुबई ?

फिल्मीखबर, काठमाडौं, 2016/12/23

चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई नेपालमा हुने फिल्म सम्बन्धी साना ठूला सबै खाले कार्यक्रममा पुगिरहेका हुन्छन् । स्तर नहेरी जसका कार्यक्रममा पुगेको भनी राजकुमार राईको आलोचनासमेत हुने गरेको छ । तर शुक्रबार दुबईमा भइरहेको नेफ्टा अवार्डमा राजकुमार राई गएनन् ? जबकी उनको नाममा भिसा र टिकट समेत इस्यु भइसकेको थियो । सधैंं विवादित बनेपनि नेफ्टा अवार्ड आफैंमा भने ब्रान्ड बनिसकेको अवार्ड हो ।

 


श्रोतका अनुसार नेफ्टा अध्यक्ष पुष्कर लामाको मनोमानीका कारण राजकुमार राईले अन्तिम समयमा आएर नेफ्टा अवार्डमा नजाने निर्णय गरेका हुन् । नेफ्टा अध्यक्ष पुस्कर लामाले अवार्डको निर्णयदेखि लिएर दुबई लैजाने नामावलीमा समेत मनोमानी गरेको तर बजारमा सबै काम राजकुमार राईको इशारामा भएको भन्ने हल्ला चलेको थाहा पाएपछि राजकुमार नखाएको विष लाग्ने आशंंकामा पछि हटेका हुन् ।

 

उनले अनौपचारिक कुराकानीमा पनि नेफ्टा कार्यसमितिको बदमासीको भागीदार आफू नबन्ने भन्दै दुबई भ्रमण रद्द गरेको बुझिएको छ । अवार्डमा नजाने कलाकारको टाउको बेचेको भन्दै नेफ्टा अवार्ड पहिले नै विवादित बनिसकेको छ । अवार्डमा सहभागी नहुने अनमोल केसी, दयाहाङ राई, प्रदिप खड्का, प्रियंंका कार्की, रेखा थापाको फोटो राखेर आयोजकले टिकट बेचेको थियो ।