मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टर्‍यो घामपानी –लालपूर्जा भिडन्त

फिल्मीखबर, काठमाडौं, 2016/12/23


वैशाख १ आउने तयारीमा रहेको ‘लालपूर्जा’ वैशाख २८ मा रिलिज हुने भएको छ । पहिला फिल्म वैशाख १ मा आउने चर्चा थियो । सोही मितिमा सिनेमा आर्टको ब्यानरमा बनेको फिल्म ‘घामपानी’ले पनि रिलिज मिति तोकिसकेको सन्दर्भमा ‘लालपूर्जा’ र ‘घामपानी’ बीचको सम्भावित भिडन्तले फिल्म उद्योग तरङ्गित भएको थियो ।

 

तर ‘लालपूर्जा’ निर्माता टेकेन खड्का र ‘घामपानी’ निर्माता रामबाबु गुरुङले आपसी समझदारीमा ‘लालपूर्जा’ पछि लैजाने निर्णय गरेका छन् । फिल्म २८ गते बिहीबार नै रिलिज हुनेछ ।
टेकेन खड्काले निर्माण गर्ने फिल्म ‘सुपर झोले’को निर्देशन पनि राम बाबु गुरुङ नै हुन् । ‘लालपूर्जा’मा सौगात मल्लले मिरुना मगरसँग जोडी बाँधेका छन् भने ‘घामपानी’मा दयाहाङ राईको जोडी देख्न सकिनेछ । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।