मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`छक्कापञ्जा`ले मनायो १०० दिनको खुशीयाली

फिल्मीखबर, काठमाण्डौ, 2016/12/22
ललितपुरको श्रिकाली चौरमा फिल्म ‘छक्कापञ्जा’ले प्रर्दशनको सय दिनको खुसियाली मनाएको छ । निर्माण टिमले फिल्मकर्मी, संचारकर्मी र शुभचिन्तक माझ बनभोज कार्यक्रमको आयोजना गरी बुधबार खुसीयाली ‘सेलिव्रेसन’ गरेको हो ।
 
 
आयोजना गरेको उक्त कार्यक्रममा निर्माण टिमले कलाकार, हल सञ्चालक, वितरक र फिल्म पत्रकारहरुलाई कदरपत्र प्रदान गर्यो । साथै फिल्ममा काम गरेका प्राविधिकहरुलाई उनीहरुको कामको सम्मान स्वरुप बोनस पनि प्रदान गरिएको थियो । बरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कदरपत्र प्रदान गरेका थिए ।  
 
 
दीपाश्री निरौला निर्देशित ‘छक्कापञ्जा’ले नेपाली फिल्मको ईतिहासमै अहिलेसम्मकै सर्वाधिक रेकर्ड राख्न सफल छ । यस फिल्मले एक्काईस हलमा ५१ दिन र उपत्यकाका चार हल (गुण, गंगा, गोपी र बिग मुभिज)मा सय दिन मनाएको हो । गत भदौ २४ गतेबाट प्रदर्शनमा आएको 'छक्का पञ्जा' अहिलेसम्म १६ करोड कमाउन सफल भएको छ ।