मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुढाथोकीसँगै फिल्म उद्योगका नाम चलेका हस्ति कांग्रेसमा

फिल्मीखबर, काठमाडौं, 2016/12/21
पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा लाग्ने क्रम बढ्दो छ । केहि दिन पहिले अभिनेत्री रेखा थापा राप्रपा प्रवेश गरिन् । त्यो पनि करिश्मा मानन्धर र कोमल ओली क्रमश नयाँशक्ती र राप्रपा प्रवेश गरे । यो बीचमा बुधबार केहि कलाकारको टोली भने देशको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेको छ । 
 
 
अभिनेता तथा निर्देशक रमेश बुढाथोकी सहितको १० जना कलाकर्मीको टोली कांग्रेस प्रवेश गरेको हो । चलचित्र कलाकार संघ अध्यक्ष रामकेशर बोगटी, चलचित्र प्राविधिक संघ अध्यक्ष पुस्कर लामा सहित पछिल्लो पुस्ताका चर्चित गायक युवराज चौलागाईं, अभिनेत्री रिस्ता बस्नेत नक्कली हिसिया उर्फ विपना बस्नेत, अभिनेत्री नम्रता योगी, नृत्य निर्देशक पुर्णम राई, मोडल प्रतिक्षा खड्का, मोडल रन्जु सुनामले कांग्रेस सभापती शेर बहादुर देउवाको हातबाट टिका थाप्दै पार्टी प्रवेश गरे । 
 
 
चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राईको पहलमा फिल्म उद्योगमा पकट जमाएका तथा उदाउँदै गरेका उल्लेखित कलाकर्मी पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रम पश्चात सभापति देउवाले भोलीका दिनमा पार्टीले कलाकर्मीलाई विशेष किसिमले समेटेर अगि बढ्ने बताए ।