मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भूतनाथ निर्देशकको 'मेरो पैसा खोई'मा सौगात र बर्षा फाईनल

फिल्मीखबर, काठमाडौं, 2016/12/21

 
बिग बि अमिताभ बच्चन स्टारर वलिउडको चर्चित फिल्म'भुतनाथ' निर्देशन गरेका विवेक शर्माको एक्शन कट मा बन्न लागेको नेपाली फिल्म 'मेरो पैसा खोई'को कास्टिङ लाईनअप पुरा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सौगात मल्ल र बर्षा शिवाकोटी लिड अभिनयमा रहने गरी लिड कलाकारको नाम सार्वजनिक गरियो । 
 
 
 
फिल्ममा सागर तिवारी, बुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लिड अभिनयमा हुनेछन् । यद्धपी अर्की एक लिड अबिनेत्री फाईनल हुन बाँकी रहेकोवलिउड निर्देशकसँग टिमअप गरेका निर्माता रोज राणाले बताए ।
 
 
 
उल्लेखित कलाकारसँगै फिल्ममा वलिउड अभिनेत्री जुही चावला, संजय मिश्रा तथा राजपाल यादवले पनि अभिनय गर्नेछन् । 'मेरो पैसा खोइ?' सागरको लागी डेब्यू फिल्म हुनेछ । लामो समयदेखि भारतमै बस्दै आएका  उनले मुम्बईमा अभिनयको कक्षा लिएका थिए ।
 
फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक शर्मा स्वयमले लेखेका हुन् ।  त्यसलाई नेपालीकरण भने नेपाली फिल्म लेखक मौनता श्रेष्ठले गरेका हुन् । यस्तै फिल्ममा रहने कुल पाँच गीतको नेपालीकरण भने दयाराम पाण्डेले गरेका छन् । चन्द्र पन्तको एक्शन रहने फिल्मलाई हरी घले लामाले खिच्नेछन् ।
 
जनवरी २८ (माघ १५) बाट फिल्म फलोरमा जानेछ ।फिल्मलाई काठमाडौं, पोखरा, बुटवल तथा मुस्ताङमा छायाँकन गरिनेछ । 'लाईट कमेडी' जनरामा बन्ने फिल्म नेपाली तथा हिन्दी दुबै भाषामा बन्नेछ ।