मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

आशिरमान र आनासँगै 'ग्याङ्गस्टार ब्लूज'मा रोजिशाको ईन्ट्री

फिल्मीखबर, काठमाडौं, 2016/12/21
माघ महिनाबाट फ्लोरमा जान लागेको फिल्म 'ग्याङ्गस्टार ब्लूज'को कास्टिङ लाईनअप पुरा भएको छ । यसअघि नै 'जेरी' हिरोईन आना शर्मा र आशिरमान देशराज फाईल भईसक्दा अब भने अर्की अभिनेत्रीमा रोजिशा शाही ठकुरी थपिएसँगै कलाकार पुर्ण भएका हुन् । 
 
मिस नेपाल अर्थ-२०१३'की ताज विजेता रोजिशाको लागी यो फिल्म डेब्यू हुनेछ ।
 
'तारा' नामको फिल्मको पात्रको भुमिका रोजिशाले निभाउनेछिन् । भिजे तथा मोडलिङमा सक्रिय रोजिशा फिल्मको कथा अनुसार फिट भएपछि प्रोजेक्टमा अनुबन्ध भएको निर्माण टिमको भनाई छ । 
 
फिल्मका निर्देशक हेमराज बिसी हुन् । सरोज न्यौपाने निर्माता छन् । फ्लोरमा जानु पुर्व नै फिल्मको रिलिज मिति तय भईसकेको छ ।
 
'ग्याङ्गस्टार ब्लूज' अर्को बर्षको भदौ २४ मा रिलिज हुनेछ ।