मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुर्घटनामा 'प्रेमगीत २' युनिट, निर्माता र निर्देशक घाईते, अस्पतालमा तश्विर खिच्न रोक

फिल्मीखबर, काठमाडौं, 2016/12/21
छायाँकनको लागी पोखरा जाँदै गर्दा फिल्म 'प्रेमगीत २' युनिट बोकेको गाडी दुर्घटनामा परेको छ । निर्माता सन्तोष सेन ,निर्देशक रामशरण पाठकसँगै अभिनेता प्रदिप खड्का र कैलाश कटुवाल सवार गाडी ट्रकसँग ठोकिएको थियो । 
 
 
 
धादिङको गल्छी भन्दा करिब ४ किलोमिटर अगाडी महादेववेसी नजिकै घुम्तिमा पुग्दा विपरित 'वे'बाट आएको ट्रकले उल्लेखित चार सवार जीपलाई ठक्कर दिएको थियो । 'फ्रण्ट टु फ्रण्ट' भएको ठक्करबाट निर्माता सन्तोष सेनको दाहिने हातमा चोट लागेको छ भने निर्देशक पाठकको टाउकोमा चोट लागेको छ । दुबैको अवस्था भने सामान्य छ । 
 
राजधानीको ट्रमा सेन्टरमा उपचाररत सेन र पाठकको एक्स रे रिपोर्टले सेनको दाहिने हातको 'कुहिना'मा चोट पुगेको देखाएको छ । एक्सरेमा हड्डी टुटेको देखिएपछि उनको अपरेशन गर्नुपर्ने छ । यद्धपी ट्रमा सेन्टरमा डाक्टरको समय नपुगेको बताईएपछि थप उपचारको लागी वि एण्ड वी अस्पताल ललितपुर लैजाने तयारी भईरहेको छ ।
 
'अकस्मात नसोचेको भयो, हाम्रो गाडीको गती ठिक नै थियो, ओभर स्पीडमा आएको ट्रकले घुम्तिमा पुग्दा सिधा ठक्कर दियो, सेनले गम्भिर मुद्रामा भने । निर्देशक र निर्मातासँगै रहेका दुई अभिनेताको अवस्था भने सामान्य छ । दुर्घटना पश्चात धादिङको महादेवेशीको क्लिनिकमा सामान्य उपचारपछि एम्बुलेन्सबाट सेन र पाठकलाई राजधानी ल्याईएको थियो । 
 
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको बताईएको छ । भने अभिनेता र निर्देशक सहितको जीप भने निर्माता सेन आफैले चलाएका थिए । पोखराको छायाँकनको लागी बुधबार बिहान ५० जनाको टोली बोकेर तीन वटा गाडी राजधानीबाट छुटेका थिए । अभिनेत्री अश्लेशा ठकुरी भने अर्को गाडीमा थिईन् ।
 
यसैबीच ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचाररत सेन र पाठकको तश्विर लिन भने मिडियालाई दिईएन् । अभिनेत्री ठकुरीसँगै उपस्थित निर्माण टिमका सदस्यहरुले तश्विर लिन फिल्मीखबरकर्मीलाई रोकेका हुन् । तश्विर लिने भए वि एण्ड वी अस्पताल आउनु भन्दै ट्रमा सेन्टरमा तश्विर नलिन आग्रह गरियो ।
 
उता निर्माता र निर्देशक नै अकस्मात दुर्घटनामा परेर घाईते भएपछि फिल्मको छायाँकन तत्काललाई रोकिएको छ । फिल्मको छायाँकन कम्तिमा १ हप्ता रोकिने बताईएको छ ।