Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दर्पण छायाँ २' डविङ सुरु, अमेरिकादेखि आइन् अभिनेत्री साहारा

फिल्मीखबर, काठमाडौं, 2016/12/20

फागुन २७ गतेदेखि प्रदर्शनमाआउने फिल्म 'दर्पण छायाँ २' को डबिङ कार्य सुरु भएको छ । तुलसी घिमिरे निर्देशित यो फिल्मको चक्रपथ स्थित भेनस रेकर्डिङ स्टुडियोमा यसै सातादेखि स्वराङ्कन कार्य सुरु भएको हो ।

 


यतिबेला अभिनेता पुष्प खड्का र नायिका साहारले आफ्नो स्वर डव गराइरहेका छन् । 'दर्पण छायाँ २' बाट अभिनेत्रीको रुपमा डेव्यु भएकी साहारा फिल्मको डविङकै लागि गत साता अमेरिकादेखि नेपालआएकी हुन् ।

 


छायाँकन सकेर उनी अमेरिका फर्किएकी थिइन् । 'पढाइले गर्दा धेरै बस्न पाइँन' साहाराले भनिन् । डविङ सकेर आउँदो साता साहारा फेरी अमेरिका फर्किनेछिन् ।

 


निर्देशक घिमिरेकै लेखन रहेको फिल्म 'दर्पण छायाँ २' लाई सावु गदाल कार्की र रवि कार्कीको संयुत्त रुपमा निर्माण गरेका हुन् ।

युवा पुस्ताको लभ स्टोरी भन्ने फिल्ममा पुष्प र साहारा सहित फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं, भारती घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Most Visited News (monthly)