Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'तिमीसँग' मा साम्राज्ञीको रोमान्स नाजिरसँग पक्का

फिल्मीखबर, काठमाडौं, 2016/12/20

शिशिर राणाको निर्माण तथा निर्देशन रहने फिल्म 'तिमीसँग'मा नाजिर हुसेन थपिएका छन् । अब फिल्ममा 'ड्रिम्स' डेब्यू गर्ल साम्राज्ञी राज्यलक्ष्मीशाहको रोमान्स लिड कलाकार आकाश श्रेष्ठ र नाजिरसँग हुनेछ ।

 


फिल्ममा साम्राज्ञी, आकाश श्रेष्ठ र नाजिर बीचको त्रिकोणात्मक प्रेम रहने बताईएको छ । स्क्रिप्ट चित्तबुझेर 'तिमीसँग' खेल्न राजी भएका नाजिर साम्राज्ञीसँग स्क्रिन सेयर गर्न पाउँदा खुसी देखिए । 'ड्रिम्स' फिल्म हेरेपछि नाजिरले साम्रज्ञीसँग फिल्म खेल्ने चाहना व्यत्त गरेका थिए ।

 


यता दोश्रो फिल्म 'ए मेरो हजुर २' को सुटिङ सकाएकी साम्राज्ञीले पनि नाजिरसँग स्क्रिन सेयर गर्ने चाहना राखेकी रहिछन् । नाजिरको दाँजो मागएर अभिनयगर्न आफुलाई चुनौती पर्ने साम्राज्ञीले बताइन् । 'म त तिम्रै हुँ' बाट रजतपटमा डेव्यु गरेका आकाश श्रेष्ठले फिल्मको लागि मिहेनत गरिरहेको बताए ।

यसै सातादेखि वर्कसप सुरु भएको फिल्म 'तिमीसँग'को यही पुष पन्ध्र गतेदेखि छायाँकन सुरु हुनेछ । काठमाण्डौंदेखि पोखरा अनि जनकपुरमा फिल्मको सुटिङ हुनेछ ।

Most Visited News (monthly)