Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लादालाम'लाई कलाकर्मीको श्रद्धाञ्जली, नाम लिँदा नै भक्कानिईन दीपा (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/20

 

दिवंगत हाँस्य कलाकार आरपी भट्टराइ ‘लादालाम’ को निधनको १२ औँ दिनको पुण्यतिथीमा राजधानीमा एक कार्यक्रम सहित कलाकर्मीले आरपीलाई सम्झिँदै उनको तश्विरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रज्ञा ‌भवन कमलादीमा आयोजित श्रद्धाञ्जली सभामा विभिन्न कलाकर्मीले मन्तव्य दिँदै उनको सम्झना गरे ।


कांग्रेस नेता तथा सभासद रामहरी खतिवडाले आरपीको शरिरमा श्रद्दाञ्जली दिँदै केहि दिन पहिले आफ्नो गृह जिल्ला ओखलढुङ्गा पुग्दा भेट भएको र त्यसको लगत्तै उनी विराटनगर पुगेपछि सुन्न परेको दु:खद खबरले मर्माहत भएको बोले ।


यस्तै हाँस्य कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा लगायतले आरपीले संसार छाडेको भन्ने कुरामा अझै विश्वास लिन नसकेको भन्दै दिवंगत आत्माको चिर शान्तीको कामना गरे । लादालामको नाममा श्रद्धाञ्जली मन्तव्य दिन माईक नजिक पुगेकी दीपाश्री एक्कासी भक्कानिँदै आँशू झारेकी थिईन् ।


श्रद्धाञ्जली सभामा नेपाली हाँस्य क्षेत्रका (सानो पर्दा)मा अधिकांश नाम चलेका कलाकारहरु, फिल्म निर्देशक ‍, निर्माता अभिनेता, अभिनेत्री, गायक, सञ्चारकर्मी सहित अन्य विभिन्न विधाका व्याक्तित्वहरुक सहभागीता थियो ।


४२ बर्षे आरपीले आज भन्दा १२ दिन पहिले विराटनगरमा फुपुको घरमा गएको अवस्थामा यो संसारबाट विदा लिएका थिए ।  मधुमेहका बिरामी आरपीलाई हृदयघात भएको बताईन्छ ।

फिल्मीखबर डटकमको तर्फबाट पनि दिवंगत आरपी (लादालाम) प्रति हार्दिक श्रद्धा सुमन ।

Most Visited News (monthly)