केकी अधिकारी र कर्मा शाक्य स्टारर फिल्म 'लभ सासा'को पात्र पोस्टर रिलिज गरिएको छ । रिलिज पस्टरमा पात्रहरुको मनोदशा भेटिन्छ । पस्टरमा कर्मालाई पल अनि केकीलाई सासा परिचय दिईएको छ ।

यस्तै अर्का लिड कलाकार आसिफ शाहको परिचय सिद्धार्थको रुपमा छ । फिल्मका निर्देशक प्रचन्डमान श्रेष्ठ हुन् । माधव वाग्ले निर्माता छन् । यसैबीच निर्देशक श्रेष्ठले फिल्मको रिलिज शुक्रबार नभई बिहिबार हुने बताएका छन् । फिल्मीखबरसँगको टेलिफोन संवादमा श्रेष्ठले बिहिबार नै फिल्म रिलिज गर्ने भन्दै रिलिज मिति पौष २८ मा नझुक्किन दर्शक समक्ष आग्रह गरे ।

तर चलचित्र निर्माता संघको नियम अनुसार कुनै सार्वजनिक बिदा नपर्दाको दिन बिहिबार रिलिज गर्न पाईने छैन् भने त्य रिलिज पनि राजधानी बाहिर मात्र पाईने बनाईएको छ । यो कुराले फिल्म उद्योगमा पुन: विवाद अनि अर्को नयाँ तरंग ल्याउने पक्का छ ।

