Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्मका ४० कलाकार एकैपटक र्‍याम्पमा उत्रिने, भुवन, सरोज निखिलदेखि अनुभव र सृष्टिसम्म

फिल्मीखबर, काठमाडौं, 2016/12/19

पौष १४ गते राजधानी काठमाण्डौमा डि’ सेलिब्रेटी रनवे हुने भएको छ । नेपाली चलचित्र क्षेत्रका ४० जना चर्चित कलाकारहरुले यो रनवेमा सहभागिता जनाउँदैछन् ।


दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा हुने यस रनवेमा नेपाली चलचित्र क्षेत्रका नयाँ तथा पुराना सबै कलाकारहरु एक साथ देखिनेछन्, जुन सम्भवत: पहिलोपटक हो ।

उक्त रनवेमा भुवन केसी, निखिल उप्रेती, कृष्ण मल्ल, दीपक-दीपा, नाजिर हुसेन, श्रृष्टी श्रेष्ठ, सरोज खनाल, भुवन चन्द, चैत्य देवी, बर्षा राउत, स्वेता खड्का, सञ्चिता लुईँटेल, अनुभव रेग्मी, ऋचा शर्मा, धिरेन शाक्य, सुरक्षा पन्त, पुष्प खड्का लगायतका ४० जना चलचित्रका कलाकारहरु र १० जना नयाँ मोडलहरुको सहभागिता रहनेछ ।

रनवेलाई पुनम इन्टरटेनमेण्ट र अभिनेत्री गौरी मल्लले संयुक्त आयोजना गरेको यो कार्यक्रमलाई विश्वव्यापी फेशनमा चर्चित वर्ल्ड फेशन परेडले मान्यता दिँदै सहकार्य गरेको कार्यक्रम संयोजक समीर धौगोडाले बताए ।

रनवेमा चर्चित भारतिय डिजाईनर विशाल कपूर लगायतले आफ्ना अलौकिक डिजाईनहरुको प्रस्तुती दिनेछन् ।

Most Visited News (monthly)