रोमान्टिक कमेडी कथामा बन्दै गरेको फिल्म 'हिटलर'लाई आउँदो बर्षको जेठ महिनाको १२ गते रिलिज गर्ने तयारी गरिएको छ । काठमाण्डौको बालाजुमा रहेको अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो फिल्मको हाल सुटिङ अन्तिम चरणमा छ ।

निर्देशक सौरभ ढकालले ९७ % सुटिङ सकिएको जानकारी दिए । मुगू जिल्लाको रारामा १५ दिन लगाएर पहिलो चरणको सुटिङ गरेका सौरभले हाल काठमाण्डौमा सुटिङ भैइरहेको जानकारी दिए ।
निर्देशक ढकालले फिल्मीखबरलाई उपलब्ध गराएको सुटिङका तस्विरमा मुख्य पात्र सोहित मानन्धर र समिया बर्तौलाले रारामा रोमान्स गरेको देख्न सकिन्छ । अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मसको सहकार्य रहेको यो फिल्ममा मेनुका प्रधान, अर्जुन गुरूङ र दिवस धितालको पनि मुख्य भूमिका छ ।

किचमान चित्रकारको लेखन रहेको यो फिल्ममा लोचन घिमिरेको संगीत, एआर पौड्यालको छायाँकन तथा कृष्ण अच्छामीको कोरियोग्राफी छ । फिल्ममा चिनिमाया मानन्धर निर्माता तथा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहेका छन् । लोचन घिमिरे र सौरभ ढकाल फिल्मको सह–निर्माता हुन् ।

