मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छबिको `मंगलम`मा `दर्पण छायाँ २` हिरोले गर्नेछन् शिल्पासँग रोमान्स

फिल्मीखबर, काठमाडौं, 2016/12/18

 

छबिराज ओझाको नयाँ फिल्म 'मंगलम'को कास्टिङ लाईनअप पुरा भएको छ । लिड अभिनेतामा 'अझै पनि'बाट डेब्यू  गरेका तथा पछिल्लो फिल्म 'दर्पण छायाँ २' सकाएका पुष्प खड्का फाईनल भएसँगै कलाकारको टुंगो लागेको हो ।

पुष्पले फिल्मकी निर्मात्री समेत रहेकी शिल्पा पोखरेलसँग अन स्कृन रोमान्स गर्नेछन् । छबिले आफ्नो निकट मानिएकी शिल्पालाई यो फिल्मबाट निर्मात्रीक ट्याग समेत दिएका छन् । अर्का अभिनेता प्रथ्वीराज यसअघि नै फाईनल छन् ।

नवल नेपालको निर्देशनमा बन्ने फिल्मले पारिवारिक कथा बोल्ने बताईएको छ । माघ महिनापछि फिल्म फ्लोरमा जाने संभावित मिति तोकिएको छ ।