मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

छोरा समान नाजिरसँग करिश्माको ठुम्का !

फिल्मीखबर, काठमाडौं, 2016/12/18

आगामी नेफ्टा अवार्डले तन्नेरी र पाको उमेरलाई जोड्ने काम गरेको छ । अघिल्लो पुस्ताका राजेश हमाल र करिश्मा मानन्धरले पछिल्लो छिमलका कलाकारसँग स्टेज पर्फम गर्दैछन् ।
    

 


दुबईमा हुने अवार्डको नवौं संस्करणको रिहर्सलको अन्तिम दिन करिश्मा मानन्धरले आफूभन्दा धेरै कान्छा नाजिर हुसेनसँग आफू अभिनित फिल्मका ब्लकबस्टर गीतहरुमा कम्मर भाँचिन् । हमालले भने मलिना जोशीसँग स्टेज सेयर गर्दैछन् ।

 


आफ्ना लागि नाजिर छोराजस्तो भएको भन्दै करिश्माले रमाइला फिल भैरहको बताइन् । ‘बरु उसले मेरा पुराना गीतहरु सुनेको छ या छैन तर, उसँग यी गीतमा नाच्दा रमाइलो फिल भैरहेको छ’ करिश्मा कथन थियो । जवाफमा नाजिरले आफूलाई पुराना गीत कर्णप्रिय र करिश्माको डान्स प्रिय लाग्ने बताउन चुकेनन् ।

 


आफू निर्मित फिल्म ढुकढुकीको सङ्लो सङ्लो पानीजस्तो लगायतका हिट गीतको मोन्टाजमा करिश्मा नाच्दैछिन् । कोरियोग्राफर शंकर विसीले करिश्मालाई सुहाउने गीतमा नचाएको बताए । उनले सबै स्टेज तयारी पुरा भएको बताए ।

 


बागबजारस्थित बृहस्पति डान्स एवम एक्टिङ स्कुलमा भएको रिहर्सलमा गायक युवराज चौलागाइँले समेत कोरसमा गायकी प्रस्तुत गर्दैछन् । पुस ८ गते दुबई सहरमा हुने अवार्ड समारोहका लागि १ सय २० जनाको टोली त्यसतर्फ प्रस्थान गर्ने नेफ्टा अध्यक्ष पुष्कर लामाले बताए ।