गत महिनाजस्तो रिलिज फिल्म 'दंगल' अहिले चर्चाको शिखरमा छ । यहि डिसेम्बर २१ मा रिलिज हुने वलिउड सुपरस्टार आमिर खानको उक्त फिल्मको चर्चा चुलिँदै गर्दा आमिरको 'नेक्स्ट रिलिज' 'सेक्रेट सुपरस्टार'को टिजर ट्रेलर सार्वजनिक भएको छ ।
युट्युवमा सार्वजनिक टिजरले सांतितिक सुरस्टार बन्न एक युवतीमा रहने ईच्छा र सपना पुरा गर्न अघि बढ्दा आउने वाधा व्यवधानको कथा पेश गर्छ ।
१ मिनेट २६ सेकेण्ड लामो फिल्मका निर्माता आमिर नै हुन् । फिल्ममा उनको भुमिका भने छोटो (केमियो) मात्र रहेको बताईन्छ । अर्को बर्षको अगष्टमा रिलिज हुने फिल्मका अद्वेत चन्दन निर्देशक छन् ।