मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हेलिकप्टर चार्टर गरेर सौगात खोज्दै किन पुगिन कमली मनास्लु ?

फिल्मीखबर, काठमाडौं, 2016/12/16

 

केहि दिन पहिले अभिनेता सौगात मल्ल अभिनेत्री दिया पुनः लिएर मनास्लु बेसक्याम्प नजिकको हिमाली ठाउँ सामागाउँ पुगे भन्ने समाचारले मिडियामा राम्रै चर्चा पायो । तर शुक्रबार भने पुनः सौगात खोज्दै उनलाई भेट्न अर्की अभिनेत्री कमली वाईवा सौगात भएकै ठाउँ सामागाउँ पुगिन् ।

 


'बमकाजी' फिल्मको छायाँकन चलिरहेको ठाउँमा 'शब्द' अभिनेत्री कमली पुगिन्, भेटिनन् मात्र कमलीले सौगातलाई हात मै समाएर काठमाडौं नै लिएर फर्किन् । अनि यो हुँदैगर्दा कमलीलाई प्रश्न तेर्सियो, 'यो सबै के को लागी ?' तब कमलीले जवाफ फर्काएपछि कुरा क्लियर भयो, नेपालसँगै एकसाथ अष्ट्रेलियामा रिलिज हुन लागेको फिल्मको प्रदर्शनीमा सहभागी हुन लागेका सौगातको भिषा प्रक्रिया अड्केपछि कमली सौगात लिन हेलि चार्टर गरेर त्यहाँ पुगेको कुरा ।

 


'बमकाजी'को सेटबाट केहि घण्टाको लागी समय मिलाएर १२ बजे काठमाडौं आएका सौगात त्यसपछि पुन: ३ बजे सामागाउँ फर्केका थिए । कमलीले अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन, मेल्वर्न लगायतका विभिन्न पाँच शहरमा हुने फिल्मको प्रदर्शनीमा सौगात र आफु सहभागी हुन लागेको बताईन् ।

 


सन्तोष शिवाकोटी निर्देशित फिल्ममा सौगात र कमलीसँगै अनुभव रेग्मी, रोयदिप, ओशिन भट्टराई, ए गुरुङ लिड रोलमा छन् । फिल्ममा विष्णुकुमार थेबे र छिरिङ लामाको लगानी छ ।