Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्यो निर्माता संघको चुनाव, अब कहिले होला ?

फिल्मीखबर, काठमाडौं, 2016/12/16

पुस २ गते हुने भनिएको निर्माता संघको चुनाव स्थगित भएको छ । निर्माता संघका केही असन्तुष्ट सदस्यले पुरानो हिसाब किताब फस्र्यौट नगरी साधारण सभा  गर्न नदिने जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि कार्यतालिका समेत निस्किसकेको निर्माता सघको चुनाव घोषित मितिमा हुन असम्भव भएको हो ।  तर निर्वाचन समितिले औपचारिक रुपमा चुनाव रोकिएको सूचना जारी गरेको छैन ।


साधारण सभामा आर्थिक हिसाब किताब फस्र्यौट गर्ने कि अगावै भन्ने विवादले चुनावको मिति रोकिएको स्रोतको दाबी छ । असन्तुष्ट सदस्यले अध्यक्ष राजकुमार राईको कार्य समितिले सदस्यता नविकरण तथा भवन निर्माण कोषको रकम साधारण सभा पूर्व नै जम्मा गर्नुपर्ने अडान राखेका कारण पुस २ गतेका लागि तय चुनाव अनिश्चित बनेको हो । यसअघि पनि मंसिरमा हुने भनेको निर्माता सघको चुनाव सरेर पुसमा आएको थियो ।

 

पुस २ गते नभएको चुनाव कहिले हुन्छ ? धेरै निर्माता अन्योलमा छन् । स्रोतका अनुसार पुस १६ गते चुनावको नयाँ मिति घोषणा हुन सक्ने सम्भवाना रहेको छ । असन्तुष्ट समूहका माग सम्बोधन भए ९ गते चुनाव हुन सक्ने अवस्था थियो तर ८ गते दुबईमा हुने अवार्डका लागि निर्माताहरु उता जाने भएकाले १६ गते नयाँ मिति घोषणा हुन सक्छ । निर्माता संघको विभिन्न पदका लाग आकाश अधिकारीले प्यानलसहितकै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Most Visited News (monthly)