मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यानडामा पनि `जात्रा`

फिल्मीखबर, काठमाडौं, 2016/12/16
देशसँगै विदेशमा पनि ‘जात्रा’ले सफलताको झन्डा गाड्ने क्रम जारी छ । विदेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको फिल्म आउँदो जनवरीमा क्यानडामा पनि प्रदर्शन हुन लागेको छ ।
 
‘जात्रा’ क्यानडाको रिजाइना  सस्काचेवनमा ७ तारिखमा प्रदर्शनमा आउन लागेको हो । करीब ५ सय नेपालीभाषीको बसोबास रहेको सो क्षेत्रमा पहिलो पल्ट कुनै नेपाली फिल्म देखाइन लागेको हो । रिजाइनामा बस्ने नेपालीहरुले यस कदमको स्वागत गरेका छन् ।    
 
फिल्म लुम्बिनी इन्टरटेनमेन्टले देखाउन लागेको हो । रिजाइनामा १५० नेपाली मुलका र २५० बढी नेपाली भाषा बोल्ने भुटानी रहेको लुम्बिनी इन्टरटेनमेन्टका अपरेसनल म्यानेजर सुमन भन्डारीले बताए । उनले ‘जात्रा’को प्रदर्शनी सफल भए नियमित रुपमा नेपाली फिल्म प्रदर्शनको वातावरण बन्ने उनले जानकारी गराए ।
 
कार्यक्रमलाई त्यहाँको नेपाली सोसाइटी (nepsoss)ले  पनि समर्थन गरेको छ। प्रदर्शनीबाट उठेको केही रकम सामाजिक हितका लागि काम गर्ने संस्थालाई बितरण गर्ने योजना रहेको भण्डारीले जनाएका छन् ।  आयोजकले क्यानडाका अन्य सहरमा प्रदर्शनको तयारी गरिरहेको जानकारी गराएका छन् ।