मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

'पिँजडा व्याक अगेन': निखिलको रोमान्स सारासँग पक्का !

फिल्मीखबर, काठमाडौं, 2016/12/15
 
स्टार अभिनेताको छबि बनाएका निखिल उप्रेतीले नेपाली रजतपटमा डेब्यू गरेको 'पिँजडा'को नाम सापटी लिएर फिल्म बन्ने भएको छ । निखिल नै लिड अभिनयमा रहने गरी 'पिँजडा ब्याक अगेन' को निर्माण घोषणा गरिएको हो । 
 
 
फिल्मलाई द्वन्द्व निर्देशकको छबि बनाएका हिमाल केसीले निर्देशन गर्नेछन् । हिमालले यसअघि 'किल्ला' नामको फिल्म निर्देशन गरेका थिए । २ सय बढि फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका हिमाल 'पिँजडा ब्याक अगेन'लाई लिएर उत्साहित सुनिए । 'रुद्र' फिल्मको सेट चितवनमा रहेका हिमालले टेलिफोन संवादमा भने, 'मित्रतामा गरिने धेरै विश्वासको बीचमा उत्पन्न हुने धोकाको आसपासमा उत्पन्न परिस्थिती फिल्मले बोल्नेछ ।'
 
फिल्मको लागी कास्टिङ लाईनअप लगभग फाईनल भएको केसीले बताए । उनका अनुसार फिल्ममा निखिल उप्रेतीसँगै सारा शिर्पाली, अशिष्मा नकर्मी, पुकार भट्टराई पक्का भईसकेका छन् । सारा निखिलको आफ्नै निजी ब्यानरको फिल्म 'रुद्र'की डेब्यू अभिनेत्री हुन् । रुद्र अहिले छायाँकनको अन्तिम चरणमा छ ।
 
'पिँजडा ब्याक अगेन'मा राजनराज शिवाकोटी, अर्जुन पोखरेल, वसन्त सापकोटा र महेश खड्काको संगीत रहनेछ । मौनता श्रेष्ठ निर्माता रहने फिल्म माघ १५ पछि फ्लोरमा जाने बताईएको छ । यसअघि निखिलले डेब्यू गरेको 'पिँजडा'लाई पवन मैनालीले बनाएका थिए ।