मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोमान्सलाई आर्यन सिग्देल खोज्ने को हुन् रञ्जु ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/15
न्यू कमर कास्ट रहेको फिल्म 'समर्पण' यहि पौष १५ मा रिलिज हुँदैछ । फिल्मबाट नव अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् रञ्जु शर्मा । उनै रञ्जु फिल्मीखबरसँगको कुराकानीमा केहि खुलिन् अनि रिलिजको पहिलो फिल्मलाई लिएर प्रफुल्लित देखिईन् । 
 
'समर्पण'को रिलिज मिति नजिकिँदै गर्दा धेरै उत्साहित र केहि मनमा डर लागिरहेको बोल्ने रञ्जु फिल्म विसुद्ध मोरञ्जनको खुराक भएको तर्क गर्छिन् । विना कुनै मोडलिङ अनि अभिनय, फिल्म क्षेत्रमा आएकी रञ्जु अबको यात्रा निरन्तर फिल्ममा हुने तर्क गर्छिन् । सफलता र असफलतालाई जीवनको दुई पाटो सम्झिने रञ्जु सफलताले काममा थप उत्साह थप्ने र असफलताले अझ केहि गर्नुपर्छ भनेर सिकाउने बताउँछिन् । 
 
नेपालका पुरानो अनि स्थापित को कलाकार मन पर्छ भन्ने प्रश्नमा रञ्जुले आर्यन सिग्देलसँग रोमान्स गर्ने ईच्छा व्यक्त गरिन् ।  'मेरो लागी त आर्यन सुपरस्टार लाग्छ, लभस्टोरी फिल्ममा निकै रुचाउँछु, आर्यनसँग मिलेसम्म अन स्कृन रोमान्स गर्ने मन छ', रञ्जुले सुनाईन् ।
 
नेपाल र बंगलादेशमा छायाँकन गरिएको फिल्म 'समर्पण'सँगै अन्य फिल्मी सेरोफेरोमा रहेर रञ्जुसँग गरिएको रमाईलो कुराकानी यहाँ प्रस्तुत छ ।