मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'धनपति'मा खगेन्द्रको अपोजिटमा सुरक्षा फाईनल

फिल्मीखबर, काठमाडौं, 2016/12/15
पछिल्लो बर्ष २०७२ को हिट फिल्म 'पशुपतिप्रसाद' निर्माता निर्देशकको दोस्रो टिमअपमा बन्दै गरेको फिल्म 'धनपती'को कास्टिङ लाईनअप पुरा भएको छ । निर्देशक दिपेन्द्र के खनालले अभिनेत्रीमा सुरक्षा पन्त अनुबन्ध भएसँगै सम्पुर्ण कलाकार फाइनल भएको बताए ।
 
 
'धनपती' बन्दै गरेका अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा सुरक्षा अनुबन्ध भएसँगै अब फ्लोरमा जाने तयारी हुँदैछ', निर्देशक खनालले भने, 'माघको पहिलो हप्ताबाट फ्लोरमा जाने फिल्म काठमाडौं र मध्य तराईका जिल्लामा छायाँकन हुनेछ ।'
 
दिवंगल निर्देशक आलोक नेम्वाङको फिल्म 'अझै पनि' डेब्यू गर्ल सुरक्षाले पछिल्लो पटक 'सुस्केरा' फिल्म गरेकी छिन् । 'धनपति'मा पशुपतिप्रसाद निर्माता, निर्देशक अनि लिड अभिनेता खगेन्द्रसँगै अभिनेता प्रकाश शर्मा दोहोरिनेछन् तर हनुमानजीको पात्रमा हिट रविन्द्रसिंह बानियाँ, भष्मे डन विपिन कार्की भने हुनेछैनन् ।  
 
फिल्मको कथा तथा पटकथा खगेन्द्रकै हो । खगेन्द्र पत्नि रोजिना सिटौला निर्मात्री हुन् ।