मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब फिल्मको पर्दामा केपी ओली

फिल्मीखबर, काठमाडौं, 2016/12/14

पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हालसम्मको जीवन कहानी फिल्ममा देख्न पाईने भएको छ । उनको जीवनकथा समेट्दै बन्नेगरी फिल्म 'रातो सुर्य' घोषणा भयो ।


राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा ओली आफै उपस्थित भए । फिल्मले ओलीको राजनीतिक जीवन, पारिवारिक कुरा सहित वाल्यकालदेखि हालसम्मको सबै दृश्य परिवेश समेटेर फिल्म बनाईन लागेको निर्देशन गर्न लागेका दिपेन्द्र दाहालले बताए ।


फिल्मको कथा पनि दिपेन्द्र ले नै लेखेका छन् । ओलीको जीवनमाथी रहेर फिल्म बनाउने उद्देश्यले सात वर्षदेखि अनुसन्धान गरिरहेको दाबी निर्देशक दाहालको थियो । उनले भने, ' ओलीको बाल्यकालदेखि हालसम्मका यथार्थ घटना फिल्ममा देखाइनेछ , जुन कुरा पछिल्लो पुस्तालाई काल्पनिक जस्तो लाग्नसक्छ ।'


उटा चर्चित व्यक्तिको जीवनमाथि फिल्म बनाउँदा चरित्रमा यताउता पर्यो भने मलाई जनताले ढुंगा हान्ने पक्का छ, यसबारेमा म सचेत छु', निर्देशक दाहालले भने ।
निर्देशकले यो भनिरहँदा मेरो जीवनमाथी फिल्म बनाउन हतार थियो र ओलीले प्रश्न गरे । मन्तव्य राख्ने क्रममा नरीवल फुटाउन भन्दै आफुलाई बोलाईएको तर यहाँ त अर्कै तामझाम रैछ भने ठट्टा गरेका ओलीले फिल्मले सबै क्षेत्रको विषय बोल्ने भन्दै राम्रो बन्नेमा आशा व्यक्त गरे ।

फिल्ममा ओलीको वालकपना बोल्ने १२ वर्षसम्मको भूमिका निभाउने बाल कलाकार तय हुन बाँकी रहेको बताईएको छ तर युवावस्था देखि पचास वर्ष बीचको भूमिकाका लागी भने अनुपम शर्मा फिट भईसकेका छन् । फिल्मको कथा पटकथालाई अन्तिम रुप दिने काम भईरहेको भन्दै यो बर्ष भित्रै फ्लोरमा लैजाने तयारीमा निर्माणरहेक बताईएको छ ।