केहि हप्ता पहिले मात्रै छायाँकन सकाएको फिल्म 'रोमियो'को रिलिज तय भएको छ । निशा अधिकारी स्टारर फिल्मले अर्को बर्षको पहिलो महिनालाई रिलिज तोकेको छ ।
प्राप्त जानकारी अनुसार निशासँगै हसन खान र ओसिमा बनुसँगै मेलिना मानन्धर लिड अभिनयमा रहेको फिल्म २०७४ को बैशाख १९ मा रिलिज हुनेछ । फिल्म अहिले सम्पादनको टेबलमा छ ।
प्रेम कथा बोल्ने फिल्मका निर्देशक शंकर कार्की हुन् । शंकरको लागी 'रोमियो' डेब्यू फिल्म हुनेछ । फिल्मबाट डेब्यू गर्दै गरेकी ओसिमालाई नेपालको पहिलो मुश्लिम अभिनेत्रीको ट्याग दिईएको छ ।

