मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दर्पण छायाँ २' कि लिड हिरोईन खेल्दैछिन् ८ दृश्यलाई दोश्रो फिल्म !

फिल्मीखबर, काठमाडौं, 2016/12/14

डेब्यू फिल्मलाई लिएर अभिनेता या अभिनेत्री जो पनि उत्साहित हुन्छन् । अझ भनौं राम्रो अनि ठुलोको गिन्तीमा आउने ब्यानरका डेब्यू कलाकार यसै पनि चर्चा अनि हाईपमा आउँछन् । जहाँ काम राम्रो हुन्छ या संभावना बढि देखिन्छ त्यसले बाटो देखाउँछ अर्को सशक्त पात्र अनि अभिनयको ।

सुरुमा लिड अभिनयमा डेब्यू गरेपछि दोश्रो प्रोजेक्टको साईड अबिनयलाई धेरैले सोच्दैनन् महत्वकांक्षीं सोचको जमानामा त एक पटक माथी चढेपछि तल झर्ने भन्ने सोच खासै कसैको हुन्न । तर भेट्रान निर्देशन तुलसी घिमिरेको फिल्म 'दर्पण छायाँ २' बाट रजतपटमा डेब्यू गर्दै गरेकी उक्त फिल्मकी लिड हिरोईन श्रद्धा प्रसाईं दोश्रो प्रोजेक्टमा भने ८ दृश्यलाई अनुबन्ध भएकी छिन् ।

सोमबारबाट छायाँकन प्रारम्भ भएको फिल्म 'प्रेमगीत २' मा श्रद्धा एकदमै सानो रोलमा हुनेछिन् । यसअघि फिल्मका कलाकारको सुचीमा नाम मै नआएकी श्रद्धा मुहर्तमा उपस्थित भईन् अनि मिडियाको क्यामेरामा ढुक्कका साथ बोलिन, एकदमै सानो भुमिकालाई यो प्रोजेक्ट गर्दैछु ।

श्रोतका अनुसार उनको 'प्रेमगीत २' मा जम्मा ४, ५ दृश्य मात्र छ, तर निर्माण टिमका एक सदस्यले ८ दृश्य रहेको दाबी गरे । पहिलो प्रोजेक्ट 'दर्पण छायाँ २'मा अर्की लिड अभिनेत्री शाहारासँगसछगै बराबरजस्तो दृश्यमा देखिन लागेकी श्रद्धा उक्त फिल्म रिलिज नहुँदै छोटो भूमिकामा देखिनु फिल्म र अभिनयको मोह अनि ब्यानरको लोभ हुनसक्छ ।


सँगसँगै फागुन २७ लाई रिलिज तोकिएको 'दर्पण छायाँ २' रिलिजपछि उनको अभिनयले चर्चा पाउँदै गर्दा अनि माग बढ्ने अबस्था आउँदा ४,५ दृस्यको लागी गर्ने प्रोजेक्ट उनको लागी निल्नु न ओकल्नु जस्तो नहोस् ।