मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बलिउड फिल्म खेल्दै विल्सन

फिल्मीखबर, काठमाडौं, 2016/12/14

हाँस्य कलाकार विल्सन विक्रम राई उर्फ 'तक्मे बुढा'ले वलिउड प्रोजेक्टमा ईन्ट्री पाएका छन् । टाटईटल गोप्य राखिएको एक फिल्मको 'एक्शन कट'मा विल्सन व्यस्त रहेको सार्वजनिक तश्विरहरु बोल्छन् ।


सार्वजनिक तश्विरहरुमा विल्शनलाई वलिउड अभिनेत्री आयशा तकियासँग देख्नसकिन्छ । आयशा यसअघि सुपरस्टारको उपमा पाईसकेका सलमान खानसँग समेत काम गरिसकेकी अभिनेत्री हुन् ।


फिल्ममा नेपाल र नेपालीको शान मानिने ढाकाटोली सहित विल्सन देखिनेछन् । जानकारीमा आए अनुसार १५ दृश्यको लागी उनि अनुबन्धित भएका हुन र सबैजसो दृश्यमा विल्सनले अभिनेत्रीसँगै स्कृन सेयर गर्नेछन् ।

वलिउड तथा नेपाली दुबै फिल्मको अनुभव सँगालिसकेका अभिनेता सुनिल थापाको पहलमा विल्सनले उक्त प्रोजेक्ट हात पारेको बताईन्छ । त्यसो त यसअगि पनि विल्सन वलिउडमा जाने चर्चा थियो तर कम दृश्य त्योमाथी पनि डोमिनेट खालको रोल पाएपछि विल्सनले उक्त प्रोजेक्ट बहिष्कार गरेका थिए ।