मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शाहरुखको 'रईस' प्रचारमा हिरोईनले साथ नदिने

एजेन्सी, मुम्बई, 2016/12/13

पाकिस्तानी अभिनेत्री माहिरा खानले फिल्म ‘रइस’ को भारतमा प्रचार प्रसार नगर्ने भएकी छिन् । पाकिस्तानी कलाकारहरुले बलिउडका कुनै पनि फिल्महरुमा अभिनय गर्न नपाउने र फिल्मको प्रचारप्रसार समेत गर्न नपाउने नियम बनेपछि पाकिस्तानी मुलका कोहि पनि कलाकार भारतिय फिल्मको प्रचारमा सामेल हुने छैनन् ।


 शाहरुख खान स्टारर फिल्मकी लिड अभिनेत्री महिरा हुन् । फिल्म ‘रइस’ को रिलिज पहिले नै  महाराष्ट्र नवनिर्माणसेना  (मनसे) प्रमुख राज ठाकरे सँग भेटेर पाकिस्तानी कलाकाकारले यस फिल्म को कुनै पनि प्रचारप्रसार नगर्ने बताए । तर पाकिस्तानी जोडिएको भएपनि फिल्म रिलिजमा भने बाधा आउने छैन् ।

लिड हबिनेत्री नै प्रचारमा सामेल नहुँदा यसको घाटा भने निर्माण टिमलाई केहि हदमा हुने निश्चित छ । तर शाहरुख आफैमा ब्राण्ड भएको कारण निर्माताको टाउको भने धेरै दुख्ने छैन् ।