मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकसँग जात्रा गर्ल बर्षाको जन्मदिन, ब्वाईफ्रेण्ड छाडेर पहिलो केक कसलाई खुवाईन् ? (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/12/13
 
सफलतामा साथ पाँचौ हप्तामा प्रदर्शनरत फिल्म 'जात्रा' युनिटले आफ्नी हिरोईन बर्षा राउतको जन्मदिन  सरप्राईज रुपमा दर्शकसँग मनाईदिएको छ । राजधानीको कुमारी हलमा 'जात्रा' हेरेर निस्केका दर्शकसँग दिउँसोको ३ बजे जन्मदिन सेलिब्रेशन गरियो । 
 
 
 
फिल्म निर्देशक प्रदिप भट्टराई, निर्माता तथा लिड कलाकार रविन्द्रसिंह बानियाँ, निर्माता सिंगे लामा तथा कलाकार बिपिन कार्की सहितको उपस्थितीमा दर्शकको माझमा बर्षाले जन्मदिनको केक काटिन् । जहाँ उनका रियल हिरो ब्वाईफ्रेण्ड सञ्जोग कोईराला पनि उपस्थित थिए । तर बर्षाले पहिलो केक सञ्जोगलाई नखुवाउँदा उपस्थित एकछिन आश्चर्यमा परे । 
 
 
बर्षाले केक काटिसकेपछि पहिलो पटक अभिनेता बिपिनलाई खुवाईन् त्यसपछि फिल्ममा उनका छोरा बनेका बाल कलाकार अनि निर्देशकलाई खुवाईसक्दा बल्ल सञ्जोगले पालो पाएका थिए । 
 
 
दर्शकमाझ बर्षा  सञ्जोगको परिचय गराउँदा उपस्थितले बधाई अनि शुभकामना दिए । जन्मदिन मनाईसकेपछि गरिएको संक्षिप्त कुराकानीमा बर्षालाई बिहेको सेलिब्रेशन कहिले त भन्ने प्रश्न गर्दा ,'त्यसकोलागी हतार नभएको तर्क गरिन् ।'
 
२३ औं जन्मदिन मनाएको दाबी गरेकी बर्षाले तत्काल करियरलाई फोकस गर्ने भन्दै त्यसपछि मात्र घरजमको कुरा आउने बताईन् । बर्षासँगको भिडियो कुराकानी माथी प्रस्तुत छ ।