Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रेखा र सविनको 'हिरो रिटर्न्स' शिर्ष गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/12/13
स्टारको छबि बनाईसकेकी अभिनेत्री रेखा थापाको पहिलो फिल्म 'हिरो'को नाम सापटि लिँदै तयार भएको फिल्म 'हिरो रिटर्न्स'को शिर्ष गीत सार्वजनिक भएको छ । मोशन पिक्चर्स सहितको सार्वजनिक गीतमा फिल्मका केहि स्थित दृश्यहरु समेत समावेश छन् । 
 
 
फिल्मको सार्वजनिक शिर्ष गीतमा संगीत टंक बुढाथोकीको छ भने स्वरमा टंकलाई मनिषा पोखरेलले साथ दिएकी छिन् । गीतको शब्द पनि टंकको नै हो । 
 
यो बर्षको अन्त्यतिर प्रदर्शनको लक्ष्य राखिएको फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । फिल्ममा रेखा थापा, सविन श्रेष्ठ, दिल श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । मदन काश्यप घिमिरेले खिचेको चलचित्रमा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपाने लगानी छ ।
Most Visited News (monthly)